देउवाले भने ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार, गठबन्धन नगरी कसरी हुन्छ ?

मकवानपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ०७४ सालको संसदीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्दा थोरै ठाउँमा पराजित भएको भन्दै चुनावमा गठबन्धन गरेरै जानुपर्ने बताएका छन् ।
केन्द्रीय कार्य समिति बैठकमा शेखर कोइरालासहितका केही नेताले गठबन्धनको विपक्षमा धारणा राखेपछि सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सहज हुने बताएका हुन् ।
देउवाले भने ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार,’ केन्द्रीय समिति बैठकमा उनले प्रश्न गरे, ‘गठबन्धन नगरी कसरी हुन्छ ? पहिला धेरै साथीले हारेका हैनन् र ?’
विगतमा माओवादीले आफूलाई समेत गोली हानेको प्रसङ्ग निकाल्दै देउवाले पुराना कुरा भुलेर माओवादीसँग गठबन्धन गरेर नै अघि बढ्नुपर्ने बताए ।