कुनै स्थानमा एक्लै, कुनै स्थानमा तालमेल: महामन्त्री शर्मा

मकवानपुर । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले कुनै स्थानमा एक्लै प्रतिस्पर्धा गर्ने र कुनै स्थानमा तालमेल गर्ने बताएका छन् ।
जारी केन्द्रीय समिति बैठकमा तालमेल गर्ने वा एक्लै प्रतिस्पर्धा गर्ने भनेर केन्द्रीय सदस्यहरु विभाजित भइरहेको बेला महामन्त्री शर्मा भने, ‘कहीँ एक्लै जित्ने, कहीँ तालमेल रणनीतिक बिषय हो ।’ तालमेल कहाँ आवश्यक छ÷छैन निश्चित गर्न स्थानीय समिति सक्षम रहेको उनले ट्वीटमा उल्लेख गरेका छन् ।