काङ्ग्रेसको चुनावी कमान्डरमा खड्का

हेटौडा न्युज
१५ चैत्र २०७८, मंगलवार १८:००
;

मकवानपुर । नेपाली काङ्ग्रेसले स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ ।

मंगलबार केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै प्रवक्ता डाक्टर प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गरिएको र त्यसको संयोजकमा उपसभापति खड्कालाई तोकिएको जानकारी दिए ।

समितिको सदस्य पार्टी सभापति शेरबहादुर देउवाले आपसी परामर्शमा तोक्नेछन् । त्यस्तै निर्वाचन प्रचार प्रसार समिति संयोजकमा प्रवक्ता डाक्टर महत नै चयन भएका छन् । सदस्यहरु सभापति देउवाले आपसी सहमतिमा चयन गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*