स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्ने काङ्ग्रेसको निर्णय

मकवानपुर । स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने नेपाली काङ्ग्रेसले निर्णय गरेको छ ।
चार दिनदेखि सानेपास्थित कार्यालयमा जारी केन्द्रीय समितिको बैठकले चुनावी तालमेलको पक्षमा निर्णय गरेको हो । स्थानीय अवस्था र आवश्यकता अनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्ने सक्ने प्रवक्ता डाक्टर प्रकाशशरण महतले बताए ।