वडामा छलफल गर्न ताल्चा बोकेर आएः वडाअध्यक्ष खड्का

वडा कार्यालयमा नाराबाजी
हेटौडा न्युज
१६ चैत्र २०७८, बुधबार १९:०३
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ का अध्यक्ष दिपक खड्काले वडाको विकासमा लाग्दैगर्दा विकास बिरोधी हरुले अराजकता प्रस्तुत गरेको बताएका छन ।

बुधबार हेटौंडामा प्रेस चौतारी मकवानपुरसँग अन्तरक्रिया गर्दै उनले ५ दलीय गठबन्धनका कार्यकताले वडा कार्यालयमा अराजकता प्रस्तुत गरेको बताए । वडाको विकासमा लाग्दा लाग्दै स्थानिय तहको चुनाव नजिएको समयमा गठबन्धनका कार्यकर्ताले वडा कार्यलयमा ताल्चा लगाउन आएको बताएको । प्रदेश सरकारको योजना अन्र्तगत ५ लाख रुपैयाँ बराबरको ५ वटा योजनामा काम गर्न वडाले उपभोक्ता समिति बनाउँदा गठबन्धनका कार्यकताहरुले नेतृत्व नपाएपछी उनीहरुले अराजकता प्रस्तुत गरेको वडा अध्यक्ष खड्काले बताए । आफ्नो सरकारले बजेट दिएको भन्दै आफुहरुकै नेतृत्वमा उपभोक्ता समिति बनाउनुपर्ने गठबन्धनका कार्यकर्ताहरुले माग गरेको अध्यक्ष खड्काले दाबी गरे ।

वडाले आफ्नो मापदण्ड अनुसार समिति निर्माण गरेपनि गठबन्धनका कार्यकर्ताहरुले आफ्नै नेतृत्वमा समिति निर्माण दबाब दिएपछी वडा कार्यालयमा तनाव सिर्जना भएको उनको भनाई छ । छलफल गर्न गठबन्धनका कार्यकर्ता आफ्नो कार्यकक्षमा ताल्चा बोकेर पुगेको अध्यक्ष खड्काले दाबी गरे । चुनावको मुखमा जनतामा भ्रम फैलाउन गठबन्धनका कार्याकर्ताहरुले वडा कार्यालयमा नाराबाजी समेत गरेको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*