भारत भ्रमणमा प्रधानमन्त्री देउवाको टिममा ४ मन्त्री

हेटौडा न्युज
१७ चैत्र २०७८, बिहीबार ११:०३
;

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लागेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाएको हो । भ्रमणमा प्रधानमन्त्रीसहित परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा शनिबार नै भारतीय प्रधानमन्त्री नरेन्द् मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*