बालकृष्ण खाण कार्यवाहक प्रधानमन्त्री

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिइएको छ ।
प्रधानमन्त्री देउवा शुक्रबार तीनदिने भारत भ्रमणमा गएपछि प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठतम मन्त्री गृहमन्त्री खाणलाई कार्यबाहकको जिम्मेवारी दिएकी हुन् । प्रधानमन्त्री देउवा चैत २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।