खड्का काङ्ग्रेसकोे कार्यवाहक सभापति

हेटौडा न्युज
१८ चैत्र २०७८, शुक्रबार १६:४२
;

मकवानपुर । नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।

नेपाली काङ्ग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू भारत गएका कारण नेपाली काङ्ग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका हुन् ।

देउवा स्वदेश नफर्कुञ्जेलसम्मका लागि खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्ने नेपाली काङ्ग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*