स्थानीय निर्वाचन: मकवानपुरमा काङ्ग्रेसको नेतृत्वमा ५ दलीय गठबन्धन घोषणा

मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरमा नेपाली काङ्ग्रेसको नेतृत्वमा ५ दलीय गठबन्धन घोषणा गरिएको छ ।
आज हेटौँडामा पत्रकार सम्मेलन गर्दे सत्तारुढ दलहरुले मकवानपुरको १० वटै स्थानीय तहको वडा स्तरसम्म गठवन्धन गरेर जाने निर्णय भएको नेपाली काङ्ग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बताए ।
गठबन्धनको लागि नेपाली काङ्ग्रेस मकवानपुरका सभापति बुद्ध लामा संयोजक रहेको समिति समेत निर्माण गरिएको छ । समितिका सदस्यहरुमा सत्तारुढ गठबन्धन दलका जिल्ला अध्यक्षहरु रहेका छन् ।