एमालेको सरकार ढाल्नेसँग चुनावमा गठबन्धन हुदैँन: वरिष्ठ उपाध्यक्ष पोखरेल

मकवानपुर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले सरकार ढाल्नेसँग चुनावमा गठबन्धन नगर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले एमाले सरकार ढाल्नेसँग चुनावमा गठबन्धन नगर्ने बताएका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय आवश्यकता अनुसार स्थानीय तहमा भने कसैसँग तालमेल हुन सक्ने बताए ।