हेटौंडा–१४ मा एमालेमा प्रवेश गर्ने युवाहरुको लहर

हेटौडा न्युज
२१ चैत्र २०७८, सोमबार ११:२६
;

मकवानपुर । स्थानीय चुनाव नजिकिँदै गर्दा हेटौंडा–१४ मा माओवादी केन्द्रका कार्यकर्ता एमालेमा प्रवेश गर्न थालेका छन् ।

हेटौंडा–१४ बाट दिनहुँ माओवादी केन्द्रका चर्चित नेता तथा कार्यकर्ता पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्न थालेका छन् । सोमबार बिहानै हेटौंडा–१४ बाट ५० जना युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्र निकट वाइसीएल हेटौंडा नगर कमिटी सदस्य आकाश रुम्बासहित युवाहरु एमाले प्रवेश गरेका हुन् । एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले अबिर र खादा लगाएर युवाहरुलाई पार्टीमा स्वागत गरे । युवा देखि वृद्ध बुवाआमासम्मको मन पर्ने एउटै पार्टी एमाले भएकाले एमालेमा जनलहर देखिएको अध्यक्ष श्रेष्ठ बताए ।

अब देश विकासको जिम्मेवारी युवाको काँधमा आएकाले गर्दा पनि युवाहरुको देश विकासको लागि एमाले रोजेको उनको भनाई थियो । यस पटक पनि एमालेले बहुमतका साथ जीत हासिल गर्ने भएकाले ढुक्क भएर सुर्य चिह्नमा मतदान गर्न उनले आग्रह गरेका छन् । यसअघि आइतबार मात्र माओवादी केन्द्र हेटौंडा–१४ का पार्टी वडा सचिव नेमा पाख्रिन, सहसचिव कमल रुम्बासहितका नेताहरु एमाले प्रवेश गरेका थिए । वि.सं २०७४ को स्थानिय चुनावमा माओवादी केन्द्रबाट चुनाव जितेका वडा अध्यक्ष दिपक खड्का पनि हाल नेकपा एमालेमा नै रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*