एमालेको सूर्यमा ग्रहण लाग्यो: माधव नेपाल

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचनमा गठबन्धन देखेर नेकपा एमालेका नेताहरू बरबराउन थालेको टिप्पणी गरेका छन् ।
मंगलबार कपिलवस्तुमा प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीप्रति जनताको आकर्षण देखेर विपक्षी दल अत्तालिएको दाबी गरे ।
पाँच दलीय गठबन्धनको निरन्तर वार्ता र छलफल भइरहेको बताउँदै सबै दलहरू गठबन्धनप्रति सकारात्मक रहेको उनले बताए । नेकपा एमालेको सूर्यमा ग्रहण लागेको बताउँदै अब कलमलाई विश्वास गरेर मतदान गर्न उनको अपिल थियो ।