स्थानीय निर्वाचनमा आचारसंहिता कार्यान्वनय गर्न निर्वाचन आयोगको ६० बुदेँ निर्देशन

मकवानपुर । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा आचार संहिता कार्यान्वनय गर्नका लागि निर्वाचन आयोगले ६० बुदेँ निर्देशन दिएको छ ।
मंगलबार राजनीतिक दलसँग गरेको छलफल कार्यक्रमपछि आयोगले राजनीतिक दललाई स्थानीय तहको निर्वाचन, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि ६० बुदेँ निर्देशन दिएको हो । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७८ एवम् निर्वाचन सम्बन्धी प्रचलित कानूनमा भएको व्यवस्था कार्यान्वयन र परिपालना गर्न आयोगमा दर्ता भएका राजनीतिक दलबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम यस्तो निर्देशन दिइएको आयोगले जनाएको छ ।
स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि दर्ता भएका राजनीतिक दलले पनि आचार संहिता कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्माले जानकारी दिए ।
निर्वाचन आयोगले राजनीतिक दललाई दिएको ६० बुदेँ निर्देशन:
Press-Release-2078-12-22-compressed