स्थानीय तह निर्वाचन: हेटौंडा–४ कोे अध्यक्षमा एमालेबाट नवीन सिग्देललाई सिफारिस गर्ने निर्णय

हेटौडा न्युज
२३ चैत्र २०७८, बुधबार १७:१०
;

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कोे अध्यक्षमा नेकपा एमालेले नवीन सिग्देललाई सिफारिस गर्ने निर्णय गरेको छ ।

नेकपा एमाले वडा नम्बर–४ कमिटीको बुधबार बिहान बसेको बैठकले सर्वसम्मत वडा अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गर्ने निर्णय गरेको पार्टी वडा कमिटीका अध्यक्ष राजेन्द्र वास्ताकोटीले जानकारी दिए । यस्तै वडा सदस्यमा जनरल श्रेष्ठ, जगन्नाथ पाण्डे, गीता त्रिपाठी र विष्णुदेवी देउला सिफारिस भएका छन् ।

वडा अध्यक्षमा सिग्देल र सदस्यमा जनरल श्रेष्ठ दोस्रो कार्यकालका लागि उम्मेदवार हुने भएका हुन् । भने पाण्डे, त्रिपाठी र देउला नयाँ उम्मेदवार हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*