स्थानीय तह निर्वाचन: हेटौंडा–१४ को अध्यक्षमा एमालेबाट दिपक खड्का

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ को अध्यक्षमा एमालेले दिपक खड्कालाई उम्मेदवार बनाउने भएको छ ।
वर्तमान वडा अध्यक्ष समेत रहेका दिपक खड्कालाई वडा नम्बर–१४ को अध्यक्षको उम्मेदवारको रुपमा वडा कमिटिको बैठकले सर्वसम्मत चयन गरेको छ । वडासदस्यहरुका उम्मेदवारहरु भने आजसम्म टुङ्गो लगाईने जनाईएको छ ।
नेकपा एमाले मकवानपुरले जिल्लाका १० स्थानीय तहको १ सय २ वटा वडाहरुमा वडाध्यक्ष सहित वडा सदस्यहरुको उम्मेद्वार टुङ्गो लागाउने कार्यलाई तिब्रता दिएको छ ।