स्थानीय तह निर्वाचन: मकवानपुरगढी –६ को अध्यक्षमा एमालेबाट टिकाप्रसाद दाहाल

हेटौडा न्युज
२४ चैत्र २०७८, बिहीबार ०९:४९
;

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ को अध्यक्षमा एमालेले टिकाप्रसाद दाहाललाई उम्मेद्वार बनाउने भएको छ ।

वर्तमान वडा अध्यक्ष समेत रहेका टिकाप्रसाद दाहाललाई वडा नम्बर–६ को अध्यक्षको उम्मेदवारको रुपमा वडा भेलाले सर्वसम्मत चयन गरेको नेकपा एमालेकी जिल्ला सदस्य रमिला घलानले जानकारी दिईन् ।

नेकपा एमाले मकवानपुरले जिल्लाका १० स्थानीय तहको १ सय २ वटा वडाहरुमा वडाध्यक्ष सहित वडा सदस्यहरुको उम्मेद्वार टुङ्गो लागाउने कार्यलाई तिब्रता दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*