लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनलाई स्थानीय चुनावमा मजबुत बनाउने निर्णय

हेटौडा न्युज
२५ चैत्र २०७८, शुक्रबार ०८:०४
;

मकवानपुर । लुम्बिनी प्रदेशमा पाँच दलीय सत्ता गठबन्धनलाई स्थानीय चुनावमा मजबुत बनाउने निर्णय भएको छ ।

बिहीबार साँझ पाँच दलको बैठक बसेर निर्वाचनमा तालमेल गर्ने र गठबन्धनलाई मजबुत बनाउने निर्णय भएको हो । बैठकमा पाँच वटै दलका नेताहरुले स्थनीय तहको निर्वाचनको लागि सबै जिल्लाको आ–आफ्नो दलको मतको धरातलीय अवस्था चैत २६ सम्म तयार गरी गठबन्धनको संयन्त्रमा ल्याउने र २७ गते अर्को बैठक बस्ने निर्णय भएको छ ।

चैत २७ गते बस्ने बैठकले प्रदेशस्तरीय चुनावी कार्ययोजना पारित गर्ने नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले बताए । प्रदेशका १०९ स्थानीय तहमै मत विश्लेषणका आधारमा सम्मानजनक रूपमा सिट बाडफाँट गरी गठबन्धनलाई व्यवहारिकरुपमा मजबुद र बलियो बनाउने सहमति भएको नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष चौधरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*