आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले समाजवादीसँग माग्यो स्पष्टीकरण

हेटौडा न्युज
२८ चैत्र २०७८, सोमबार १६:३४
;

मकवानपुर । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीसँग स्पष्टीकरण सोधेको छ ।

भृकुटीमण्डपमा एकीकृत समाजवादी पार्टीले आयोजना गरेको सभाका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको गुनासो आएको भन्दै आयोगले ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भृकुटीमण्डपमा आयोजित सभामा आचारसंहिता विपरीत कार्य गरेकोबारे एकीकृत समाजवादीसँग स्पष्टीकरण सोधिएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*