प्रदेश प्रमुख शर्माद्वारा ४ वटा अध्यादेश प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले ४ वटा अध्यादेश प्रमाणीकरण गरेका छ ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २ सय २ को उपधारा १ बमोजिम बागमती प्रदेश सरकारले जारी गरेका विभिन्न ४ वटा अध्यादेश प्रमाणीकरण गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले विवादित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेशसहित स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी (पहिलो संशोधन) अध्यादेश प्रमाणिकरण गरेका हुन् ।
जारी अध्यादेशलाई प्रदेश सभाको आगामी बैठक सुरु भएको ६० दिन भित्र प्रतिस्थापन विधेयक पेश गरी प्रदेश सभा बैठकबाट पारित गर्नुपर्नेछ ।