गठबन्धनभित्र आफ्नो पार्टीको अपमान सह्य हुदैँन: माधव नेपाल

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई अपमान सह्य नहुने बताएका छन् ।
मंगलबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता तथा घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा नेपालले गठबन्धनभित्र आफ्नो पार्टीको अपमान भएको टिप्पणीसमेत गरे । ‘सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दै, अरुको शक्तिको अवमूल्यन गर्दै, अलिकति अपमानपूर्ण ढंगले पनि व्यवहार गर्दै चल्नुभएको छ भन्ने रिपोर्ट पनि आइरहेको छ,’ उनले भने, ‘हामी अपमान सहनका लागि जन्मेका होइनौं । हामी विद्रोह गरेर जन्मेका छौं ।’
नेपालले आफूहरुलाई आफ्ना शक्तिमा विश्वास भएको भन्दै मूल्याङ्कन र अवमूल्यन दुवै ठीक नभएको बताए । महानगरपालिका, उपमहानगरपालिका र स्थानीय तहमा तालमेल मिलाउनेबारे छलफल भइरहेको भन्दै नेपालले सबै ठाउँमा सहमति गर्न गाह्रो भएको समेत बताए ।