वीरगञ्जमा एमाले र लोसपा बीच चुनावी गठबन्धन

मकवानपुर । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वीरगञ्ज महानगरपालिकामा चुनावी गठबन्धन गरेका छन् ।
नगर प्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी उनीहरुले तालमेल गरेका हुन् । तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् ।
दुवै पार्टीका नेताहरुले आज बिहान वीरगञ्जमा संयुक्त पत्रकार सम्मेलन गरी गठबन्धन भएको जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा एमाले नेता रघुवीर महासेठ, लोसपाका नेता लक्ष्मणलाल कर्ण लगायत सहभागी थिए ।