गठबन्धनमा भाडभैलो: बकैयामा काङ्ग्रेस एक्लै चुनावमा जाने

मकवानपुर । नेपाली काङ्ग्रेस बकैया कार्यसमितिले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन नगर्ने घोषणा गरेको छ ।
आज हेटौंडा स्थित जिल्ला पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्दै काङ्ग्रेस बकैयाले ५ दलीय गठबन्धनबाट बाहिरिएर मित्रवत प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै काङ्ग्रेस बकैयाका सभापति दिल बहादुर बोम्जन लामाले कार्यसिमित र १२ वटै वडा सभापतिको सामूहिक निर्णयबाट गठबन्धनमा रहेका दलहरु र अन्य दलहरुसंग मितव्ययी रुपमा चुनावी प्रतिस्पर्दामा जाने निर्णय गरेको बताए ।