एमालेबाट हेटौँडा उपमहानगरपालिकामा मेयर उपमेयर सहित १९ वटै वडाध्यक्ष र सदस्यहरुको उम्मेद्वारी दर्ता

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय तहको निर्वाचनको लागि हेटौँडा उपमहानगरपालिकामा मेयर÷उपमेयर सहित १९ वटै वडाध्यक्ष र सदस्यहरुको उम्मेद्वारी दर्ता गरेको छ ।
एमालेको तर्फबाट उपमहानगरपालिकाको मेयरमा अनन्तप्रसाद पौडेल तथा उपमेयरमा सुमित्रा काफ्लेले उम्मेद्वारी दर्ता गरेकि हुन् । एमालेको तर्फबाट मेयरमा उम्मेद्वारी दिएका पौडेलको प्रस्तावकमा वर्तमान मेयर हरिबहादुर महत तथा समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल रहेका छन् ।
उपमेयर काफ्लेको प्रस्तावकमा एमाले नेतृ आरती पाठक तथा समर्थकमा सिता विष्ट रहेका छन् । एमाले जिल्ला पार्टी कार्यालय हेटौँडाबाट र्याली सहित उम्मेद्वारी दर्ताको लागि उम्मेद्वार तथा कार्यकर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।