गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेद्वारी दर्ता

मकवानपुर । ५ दलीय गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेद्वारी दर्ता गरेको छ ।
गठबन्धनबाट मेयर पदमा नेकपा एकिकृत समाजवादीकी मीना कुमारी लामा र नेपाली कांग्रेसबाट उपमेयर पदमा राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् । सोमबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लामा र बाँनियाले उम्मेदवारी दर्ता गराएका हुन् ।