मकवानपुरको दुई पालिकाका ३ वटा वडामा ३ जना वडा सदस्य निर्विरोध

हेटौडा न्युज
१३ बैशाख २०७९, मंगलवार १०:५०
;

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा नेकपा एमालेबाट एक जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी वडा नम्बर ७ की तिर्थ कुमारी ल्वाहगुन निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
७ नम्बर वडाको दलित महिला सदस्य ल्वाहगुनको मात्र एकल उमेद्वार परे संगै उनि निर्विरोध निर्वाचित भएकी हुन् । यो संगै मकवानपुरमा एमालेबाट निर्विरोध हुने वडा सदस्यको संख्या ३ पुगको छ । यसअघि,जिल्लाको इन्द्रसरोबरमा २ जना वडा सदस्य निर्विरोध भएका थिए ।

एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी वडा नम्बर १ की लक्ष्मी दमाई र वडा नम्बर ४ की सावित्री सुनार निर्विरोध निर्वाचित भएकी हुन् । एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी इन्द्रसरोबर वडा नम्बर १ की लक्ष्मी दमाई र वडा नम्बर ४ की सावित्री सुनार निर्विरोध निर्वाचित भएकी हुन् । उक्त वडाहरुमा दमाई र सुनारको एकल उमेद्वार परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*