मकवानपुरमा चुनावी चटारो उम्मेदवारहरु घरदैलोमा

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि सबै राजनीतिक दलका नेता कार्यकर्ताहरु जनताको घरदैलोमा जान थालेका छन् ।
चुनावको दिन नजिकिदैं गएपछि मकवानपुरका दश वटै स्थानीय तहमा आफ्ना घोषणा पत्र र प्रतिबद्धता लिएर नेता कार्यकर्ताहरु घरदैलोमा पुग्न थालेका हुन् । मकवानपुरका काङ्ग्रेस लगायतकाको गठबन्धन, नेकपा एमाले, राप्रपा, जसपा लगायतका दलहरु चुनाबी अभियानमा जुटेका छन् ।
चुनावी अभियान अनुसार चुनाबी प्रचार प्रसारमा हरेक दिन बिहानै देखि बेलुका सम्म कार्यतालिका बनाएर जनताको घरदैलोमा पुगेको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए । यस्तै गठबन्धनका दल तथा अन्य दलहरुपनि चुनावी प्रचारप्रसारमा होमिएका छन् ।