गठबन्धन व्यक्तिगत कुण्ठा र पदप्राप्तिको लुब्धता हो: श्रीधर पोखरेल

मकवानपुर । संघीय सरकारका स्वास्थ्य मन्त्री विरोध खतिवडाको गृह जिल्लामै उनकै विश्वासपात्र श्रीधर पोखरेलले एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्षपदबाट राजीनामा दिएका छन् ।
बुधवार पत्रकार सम्मेलन गर्दे नेकपा एकीकृत समाजवादी मकवानपुरका जिल्ला अध्यक्ष श्रीधर पोखरेललले आफुले पार्टीको सबै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनीसंगै एकीकृत समाजवादी मकवानपुरका ४ जना जिल्ला सचिवालय सदस्यसहित ३० जनाले पार्टी परित्याग गरेका छन् । उनले गठबन्धनको नाममा नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने खेल भएको बताउँदै आफुले पार्टीबाट अलग रहने निर्णय गरेको बताए ।
उनले आठ महिना अघि कसैको व्यक्तिगत कुण्ठा र पद प्राप्तिका लागी मात्रै एमालेबाट विद्रोह भएको दाबी समेत गरे । उनले स्थानीय निकायलाई भ्रष्टाचारको अखडा बनाउने खेल समेत भएको आरोप लगाए ।
https://youtu.be/i5s0JofTPBo