एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा न्यौपाने

हेटौडा न्युज
१५ बैशाख २०७९, बिहीबार ११:४६
;

मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा सुर्यचन्द्र न्यौपाने चयन भएका छन् ।

पार्टी अध्यक्ष श्रीधर पोखरेलले हिजो राजीनामा दिएपछि आज बसेको सचिवालय बैठकले पार्टी केन्द्रिय सदस्य एवम् मकवानपुर सह–इन्चार्ज न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।

न्यौपानेलाई बैशाख ३० मा हुने स्थानिय तह निर्वाचनसम्मका लागि अध्यक्षको जिम्मेवारी दिइएको एकिकृत समाजवादी मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*