एमालेमा फर्किए लगतै श्रीधर पोखरेल चुनावी प्रचार प्रसारमा सहभागी

हेटौडा न्युज
१६ बैशाख २०७९, शुक्रबार १०:०४
;

मकवानपुर । नेकपा एकीकृत समाजवादीबाट एमालेमा फर्किए लगतै श्रीधर पोखरेल नेकपा एमालेको चुनावी प्रचार प्रसारमा सहभागी भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्ष परित्याग गरि एमाले प्रवेश गरेका पोखरेल शुक्रबार हेटौंडा–५ मा भएको नेकपा एमालेको प्रचार कार्यक्रममा सहभागी भएका हुन् ।

एमाले नेता पोखरेलले नेकपा एमालेबाट मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्लेसहित वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरुलाई शुभकामना दिदै एमालेका नेता तथा कार्यकर्ताहरुसँग सामुहिक तस्बिर समेत खिचाएका छन् ।

एमाले प्रवेश गर्दा आफ्नै घर फर्किएको र आफ्नै दाजुभाइ तथा दिदिबहिनीहरुसँग भेट भए झै खुसी मिलेको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*