मनहरी गाउँपालिकाका एमालेका उम्मेदवारहरु टोलटोलमा

हेटौडा न्युज
१७ बैशाख २०७९, शनिबार १२:१५
;

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका एमालेका उम्मेदवारहरु टोलटोलमा पुगेर आफ्ना उम्मेदवारलाई जिताउन लागिपरेका छन् ।

नेकपा एमालेबाट मनहरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले गाउँपालिकाका विभिन्न क्षेत्रमा चुनावी प्रचारप्रसार एवम् घरदैलो कार्यक्रममा दिनहुँ व्यस्त भएका छन् । मनहरीका विभिन्न वडामा घरदैलो गर्ने, किसानका खेतबारीमै पुग्ने उनीहरुका समस्या र गुनासा सुन्ने र आफ्ना घोषणापत्रका बारेमा जानकारी गराउने लगायतका काममा लागिपरेको मनहरीबाट अध्यक्ष पदका उम्मेदवार एकराज उप्रेतीले बताए । अहिले पहिलो प्राथमिकतामा घरदैलो कार्यक्रम र टोलसभाहरु गरिदै आएको छ ।

मनहरी गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार एकराज उप्रेती र उपाध्यक्षको उम्मेदवार सुजिता थिङ, पार्टी गाउँपालिका कमिटीका अध्यक्ष नवीन सुवेदी, वडाका उम्मेदवारहरुसहितको टोलीले मनहरी–६ को विभिन्न क्षेत्रमा जनतासँग भेटघाट गरेका हुन् । अध्यक्षका उम्मेदवार एकराज उप्रेती जनताको आवश्यकता र भावना अनुरुप नै आफुले काम गर्ने बताए । घरदैलो अभियानमा जनताको सुझाव समेत संकलन गरिएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*