आचारसंहिता उल्लङ्घन गर्दे मन्त्री मोक्तान खुलेआम चुनावी प्रचारमा

हेटौडा न्युज
१९ बैशाख २०७९, सोमबार ०७:१५
;

मकवानपुर ।बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकी छिन् ।

मन्त्री कुमारी मोक्तान दैनिक रुपमा चुनावि प्रचारमा रहदा प्रशासन मौन रहेको छ । विगत केही दिनदेखि मन्त्री मोक्तान निर्वाचन आचारसंहिता विरुद्ध चुनावी प्रचारप्रसारमा सहभागी हुँदै सभालाई सम्बोधन गर्दै आएकी छन् । आइतबार मात्रै पनि मन्त्री मोक्तानले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १४ मा ३ दलीय गठबन्धनको वडा कमिटीको आयोजनामा भएको चुनावी सभालाई सम्बोधन गरेकी छिन् । निर्वाचन आचारसंहिता विपरीत मन्त्री मुक्तान स्थानीय तहको गठबन्धनमा चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेकी छन् । मोक्तान नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुलाई मत माग्न, सम्पर्क कार्यालय उद्घाटन गर्न सक्रिय भएकी हुन् ।

निर्वाचन आचारसंहिता अनुसार सांसदले कुनै पनि उम्मेदवारको चुनावी प्रचार गर्न, प्रचारप्रसार कार्यालयको उद्घाटन गर्न मिल्दैन । केही दिन अघि मन्त्री मोक्तान आचारसंहिताको वेवास्ता गर्दै पश्चिम मकवानपुरको मनहरीका विभिन्न वडामा उम्मेदवारहरुसँगै प्रचारमा हिँडेकी थिइन् । मोक्तानले खुलेआम आचारसंहिता उल्लङ्घन गर्दा पनि निर्वाचन आयोग, निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*