काङ्ग्रेसको घोषणापत्रमा सभापतिको नाम ८ ठाउँमा एमाले अध्यक्षको नाम ४२ ठाउँमा: ओली

हेटौडा न्युज
१९ बैशाख २०७९, सोमबार ०८:०२
;

मकवानपुर । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले काङ्ग्रेसले स्थानीय तह निर्वाचन लक्षित गरेर जारी गरेको घोषणा पत्रमा आफ्नो नाम ४२ ठाउँमा लेखिएको बताएका छन् ।

हेटौंडामा आइतबार मे दिवसको सन्दर्भ पारेर आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले काङ्ग्रेसको घोषणापत्रमा काङ्ग्रेस सभापति शेरबहादु देउवाको नाम ८ ठाउँमा मात्रै रहेको तर आफ्नो नाम ४२ ठाउँमा रहेको बताएका हुन् । उनले एमालेको नामा १ सय ८ ठाउँमा हुनुपर्ने जिकिर गरे ।उनले काङ्ग्रेसंग देश बनाउने योजना नभएकाले घोषणपत्रमा आफ्नो नाम ४२ ठाउँमा लेखेको बताए ।

उनले देशभर एमालेमा देखिएको उत्साहका कारण सत्तागठबन्धन आतंकित भएको टिप्पणी गरे । अहिलेका लडाईं नेकपा एमाले र गठबन्धनबीचक मात्र भएको उनले टिप्पणी गरे । अध्यक्ष ओलीले देशभर एमालेको लहरले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन सरकारलाई पराजित गर्ने दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*