मन्त्री खतिवडाको विवादास्पद अभिव्यक्ति:प्रश्न सोध्नेलाई स्यालहुँईया भने

(भिडियोसहित)
हेटौडा न्युज
२० बैशाख २०७९, मंगलवार १७:१२
;

मकवानपुर । संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा आचारसंहिता उल्लङ्घन गर्दै चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

मंगलबार हेटौंडामा पाँचदलीय सत्ता गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा खतिवडा सहभागी भएका हुन् । निर्वाचन आचारसंहिताले नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरेको छ ।

तर मन्त्री खतिवडाले घोषणपत्र सार्वजनिक कार्यक्रममा भने अब स्यालहुईया आउन सक्छन् आचारसहिंता उल्लङ्घन स्वास्थ मन्त्री भनेर आउन सक्छ त्यो तालमा नलाग्नुहोला मन्त्री खतिवडाले पदिय मर्यादानै बिर्सिएर आचारसहिंता उल्लङ्घन भनेर प्रश्न सोध्नेलाई स्याल हुँईयाको संज्ञा दिएका छन् ।

https://youtu.be/oomHluD77pA

आचारसंहिताको ठाडो उल्लंघन गर्दै मन्त्री खतिवडा सरकारी गाडी चढेर प्रहरीको स्कटिङमा सुरक्षाकर्मीको दलबल सहित कार्यक्रम स्थलसम्म पुगेका थिए । यसैगरी बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा समेत आचारसंहिता उल्लङ्घन गर्दे सोही कार्यक्रममा सरकारी सवारी र सुरक्षाकर्मी सहित पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*