हेटौंडामा चुनावी चहलपहल: वडा अध्यक्षकी महिला उम्मेदवार जुना दाहाल घरदैलोमा

हेटौडा न्युज
२१ बैशाख २०७९, बुधबार १६:२०
;

मकवानपुर । स्थानीय तह निर्वाचन नजिकिदैँ गएपछि हेटौंडा उपमहानगरपालिकामा चुनावी चहलपहल बढेको छ ।

गत स्थानीय निर्वाचनमा प्रमुख र उपप्रमुख तथा अधिकाशं वडाहरुमा जित हासिल गरेको नेकपा एमाले एसपटक पनि प्रमुख, उपप्रमुख र सबै वडाहरुमा जित हासिल गर्न घरदैलो अभियानमा जुटेको छ ।

एमालेको तर्फबाट वडा नम्बर–११ को अध्यक्षमा महिलाको तर्फबाट उम्मेदवार बनेकी जुना दाहाल सहितको घरदैलो कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले सहभागिता जनाएका छन् । वडा अध्यक्षकी उम्मेदवार बनेकी जुना दाहालले आफुलाई जनाताले अमुल्य मत प्रुदान गरी विजयी गराउने विश्वास व्यक्त गरेकी छिन् ।

उनी दैनिक वडा नम्बर–११ को नवलपुर, डाङडुङ्गे लगाएतका स्थानमा घरदैलो अभियानमै केन्द्रित भएकी छिन् । यता गठबन्धन दल र अन्य दलका उम्मेद्वारहरु समेत चुनावी अभियानमा जुटिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*