भीमफेदीलाई समृद्ध बनाउँछु: अध्यक्षका उम्मेदवार हिदम लामा

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी नेकपा एमालेबाट भीमफेदी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका हिदम लामाले भीमफेदीलाई समृद्ध बनाउन लागीपर्ने बताएका छन् ।
२०७४ को निर्वाचनमा नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका हिदम लामाले भीमफेदीमा धेरै कामहरु गरिसकेका छन् । अघिल्लो कार्यकालको अनुभव बटुलिसकेका युवा नेता हिदम लामा यसपटक पनि जनताको सेवाकै लागी फेरी अध्यक्षमा उम्मेदवारी दिएको बताउछन् । उनले यसअघिको कार्यकालमा भौतिक संरचना निर्माणमा प्राथमिकता दिएको बताएका छन् । उनले भीमफेदीलाई पर्यटनका हिसाबले भौतिक संरचना, शिक्षा स्वास्थ्य, राजगारी लगाएतका क्षेत्रमा समृद्ध बनाउन अझै कटिबद्ध भएर लाग्ने बताएका छन् ।
उनले यसअघि आफुले सुरु गरेका कामहरु आफु निर्वाचित भएपछि पुरा गर्ने समेत बताए । युवाहरुको साथ अनि जेष्ठनागरिकहरुको आर्शिवाद आफुसंग रहेको भन्दै भीमफेदीका जनताले आफुलाई विजयी गराउने उनले विश्वास समेत व्यक्त गरेका छन् । उनी आजभोलि चुनावी अभियानमा व्यस्थ छन् । जनताको घरघरमा पुगेर जनताको धारणा बुझ्दै उनी चुनावी प्रचारप्रसारमा जुटेका छन् ।