मकवानपुरका ८ पालिकाका नवनिर्वाचित अध्यक्षहरुले लिए सपथ

हेटौडा न्युज
५ जेष्ठ २०७९, बिहीबार १८:०५
;

मकवानपुर । गत बैशाख ३० गतेको निर्वाचनमा विजय भएका पालिका अध्यक्षहरुलाई आज सपथ गराईएको छ ।

जिल्ला समन्वय समितिमा आज प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले पहिलो चरणमा ८ पालिकाका अध्यक्षहरुलाई पालिका अध्यक्ष पदको सपथ गराएका छन् ।

मकवानपुरका १० पालिका मध्ये आज भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र राक्सिराङ गाउँपालिका, थाहा नगरपालिका, कैलाश गाउँपालिका र मनहरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्षहरुलाई सपथ गराईएको छ ।

मकवानपुरमा हेटौंडा उपमहानगर र बागमती गाउँपालिकाको मत परिणाम आउन बाँकी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*