धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार राईको अग्रता

हेटौडा न्युज
८ जेष्ठ २०७९, आईतवार १०:४६
;

मकवानपुर । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले ४ हजार १ सइ ५९ मतको अग्रता लिएका छन् ।

आज बिहान साढे ९ बजेसम्मको मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार हर्कराज राईले १९ हजार १ सइ ५५ मत प्राप्त गरेका छन् । अर्का प्रत्यासी नेपाली काङ्ग्रेसका उम्मेदवार किशोर राईले १४ हजार ९ सइ ९६ र एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२ हजार १ सइ ४३ मत पाएकी छन् ।

अब ४ हजार ६ सइ २१ मत गन्न मात्र बाँकी छ । यो अवस्थामा हर्कराज राई एमालेकी मञ्जुभन्दा ७ हजार १२ मतले र काङ्ग्रेसका किशोर राई भन्दा ४ हजार १ सय ५९ मतले अगाडि छन् । धरान उपमहानगरमा मत ६२ हजार ८ सय ९८ मा खसेकोमा ५८ हजार २ सय ७७ मत गणना भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*