सरकारको नीति तथा कार्यक्रम अस्थिरताको घोषणापत्र हो: ओली

हेटौडा न्युज
१२ जेष्ठ २०७९, बिहीबार १२:२४
;

मकवानपुर । सरकारको नीति तथा कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्थिरताको घोषणापत्रको संज्ञा दिएका छन् ।

नीति तथा कार्यक्रमाथि संसदमा भएको छलफलमा भाग लिँदै ओलीले शब्दजालको पुलिन्दा, तेलमा तारिएको तर चास्नीमा डुवाउन बाँकी जेरी जस्तो भएको बताए ।

उनले भने ‘यो दस्तावेज देशमा स्थिरता र स्थायित्व हुन नदिने अस्थिरताका सम्वाहक शक्तिबाट अस्थिरताका चहनाका साथ बनाइएको गठबन्धनको अस्थिताकै घोषणापत्र हो ।’

नीति तथा कार्यक्रमले राज्य संयन्त्रमा अनिश्चियको सङ्केत गरेको, भ्रष्टाचारलाई मार्गप्रशस्त गरेको भन्दै उनले आरोप लगाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*