सरकार कालोबजारीको पक्षमा अघि बढ्यो: गोसाई

मकवानपुर । बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले देशमा चरम महङ्गी बढेको बताएका छन् ।
बागमती प्रदेश सभाको दशौं अधिवेशनमा बोल्दै सदस्य गोसाईले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बढाउँदै कालोबजारी पक्षमा अघि बढेको आरोप लगाए । उनले सरकारले केहि दिन अघि पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाएर १८० पु¥याएको र केहि दिनमै २ सय रुपैयाँ पु¥याउने तयारी गरिरहेको दाबी गरे ।
उनले सरकार जनपक्षीय काममा नभई कालाबजारीको पक्षमा काम गरिरहेको दाबी गरे । उनले जनताले मल मागिरहेको अवस्थामा सरकार र कृषि मन्त्री कहाँ,के गर्दै छन् भनेर प्रश्न समेत गरे ।