प्रचण्ड र बालेनबीच भेटवार्ता

हेटौडा न्युज
२१ जेष्ठ २०७९, शनिबार ११:५०
;

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले भेटवार्ता गरेका छन् ।

मेयर साह शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका हुन् । भेटका क्रममा प्रचण्डले मेयर साहलाई बधाई दिंदै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् ।

मेयर साहले गठबन्धनबाट आफूले सहयोगको अपेक्षा गरेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ । मेयर निर्वाचित भइसकेपछि बालेनले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि भेटिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*