गृहमन्त्री र प्रकाण्डबीच भेटवार्ता

हेटौडा न्युज
२५ जेष्ठ २०७९, बुधबार ०९:५६
;

मकवानपुर । गृहमन्त्री बालकृष्ण र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ ।

बुधबार बिहान गृहमन्त्रालयमा गृहमन्त्री खाण र प्रकाण्डबीच भेटवार्ता भएको हो । यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने र बन्दीहरुको रिहाई लगायतका विषयमा छलफल भएको नेकपाका प्रवक्ता प्रकाण्डले जानकारी दिए । भेटमा गृह सचिव टेकनारायण पाण्डे र मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोख्रेलपनि सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*