नातिको स्मृतिमा विद्यालयलाई पुस्तकालय

हेटौडा न्युज
२६ माघ २०७९, बिहीबार ०८:३९
;

चितवन । भरतपुर–२८ स्थित श्री आधारभूत विद्यालय सिसावासलाई पुस्तकालय निर्माण गरी हस्तान्तरण गरिएको छ । विद्यालयको ६५ औं वार्षिकोत्सवको अवसरमा श्री प्रशान्त पोखरेल स्मृति पुस्तकालय हिजो बुधवार बागमती प्रदेश सभा सदस्य ईश्वर सापकोटा र स्वर्गीय प्रशान्त पोखरेलका हजुरबुवा लिलाबहादुर पोखरेलले संयूक्त रुपमा पुस्तकालयको शुभारम्भ गरिएको थियो । पुस्तकालय परिसरमा स्वर्गीय प्रशान्त पोखरेलको शालिक समेत निर्माण गरिएको छ ।

बहुसंख्यक आदिवासी कुमाल जातिका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा पुस्तकालय निर्माण पछि बालबालिकामा पठन संस्कृतिको विकास हुने अपेक्षा समेत गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर कुमालको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो । सोही विद्यालयमा अध्ययनरत प्रशान्त पोखरेलको २०७३ बैशाख १३ गते सवारी दुर्घटनामा ज्यान गएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*