मकवानपुरको राक्सिराङमा आजबाट हाटबजार शुरु

हेटौंडा । मकवानपुर जिल्लाको विकट भनेर चिनिने राक्सिराङको चैनपुरमा आजबाट महिनामा २ पटक हाट बजार लाग्ने भएको छ । सिमान्तकृत चेपाङ (प्रजा) समुदायको बसोबास रहेको राक्सिराङ गाउँपालिकाले हाटबजार शुरु गरेको हो ।
चेपाङ समुदायहरु अहिले पनि दैनिक रुपमा जङ्गली कन्दमुल गिठ्ठा, भ्याकुर खाने गर्दछन् । आयश्रोतको लागि भरपर्दो माध्यम नभएपछि पालिकाले उनीहरुले नै प्रयोग गर्ने गिठ्ठा, भ्याकुर, चिउरीको मह लगायत स्थानीय स्तरमा उत्पादित सामग्रीलाई नै प्रवद्र्धन हुने गरी हाटबजारको शुरुवात गरेको हो ।