१५ सय केजी गाँजा, १३ केजी चरेश र हतियारसहित ५ जना पक्राऊ

हेटौडा न्युज
१३ फाल्गुन २०७९, शनिबार १५:४२
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले कैलाश गाउँपालिका वडा नम्बर ६ बाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ ।

प्रहरी इन्सपेक्टर केशर कुमार न्यौपानेको कमाण्डमा खटिएको प्रहरी टोलीले कैलाश गाउँपालिका–६ दुम्सिखर्क स्थित जीतबहादुर मोक्तानको गोठबाट भरुवा बन्दुक १ थान, कटुवा पेस्तोल १ थान, ६ राउण्ड गोली सहित लागूऔषध गाँजा १५ सय १५ केजी, चरेश १३ केजी फेला पारेको छ ।

लागूऔषध फेला पारेपछि घरधनीसहित प्रहरीले बिजय मोक्तान, रत्न घले, अशोक घले, शिखर घलेलाई नियन्त्रणमा लिएको छ । पक्राऊ परेका उपर लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कार्वाही अघि बढाईएको मकवानपुर प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*