रियललाई हराउँदै बार्सिलोना बन्यो सुपर कप च्याम्पियन

हेटौडा न्युज
२९ पुष २०८१, सोमबार ०७:२८
;

मकवानपुर/चिर प्रतिद्वन्द्वी रियल म्यड्रिडलाई ५-२ गो अन्तरले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधी उचालेको छ ।  प्रशिक्षक हान्सि फ्लिकको नेतृत्वमा यो बार्सिलोनाका लागि पहिलो उपाधी हो ।
आइतबार राति साउदी अरेबियामा भएको फाइनलको सुरुवाती अग्रता भने रियलले बनाएको थियोे । किलिएन एम्बापेले खेलको पाचौं मिनेटमै गोल गरे पनि रियलको अग्रता धेरै बेर टिक्न सकेन । युवा खेलाडी लामिन यमालको गोलसँगै खेलमा फर्किएको बार्सिलोनाले पहिलो हाफ सकिँदासम्म खेल ४-१ ले आफ्नो पकडमा लिइसकेको थियो । दोस्रो हाफमा दुवै टिमले एकएक गोल थपे ।


बार्सिलोनाका लागि लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका ब्राजिलियन राफिन्हाले २ गोल गर्दा रोवर्ट लेवान्डोस्कि र बाल्डेले एकएक गोल आफ्नो नाममा लेखाए । रियलका लागि रोड्रिगोले दोस्रो गोल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*