नमुनालाई गजल सम्मान, रुम्बालाई पुरस्कार

हेटौडा न्युज
३ फाल्गुन २०८१, शनिबार १४:१२
;

मकवानपुर/गजल मञ्च मकवानपुरले संस्थाकी संस्थापक उपाध्यक्ष दुर्गा लामिछाने नमुनालाई सम्मानित गरेको छ । शैक्षिक व्यक्तित्व भोला शिवाकोटीद्वारा स्थापित श्रीकृष्ण तालुमाया नमुना गलज सम्मानबाट मञ्चले लामिछानेलाई सम्मानित गरेको हो ।

शनिबार हेटौँडामा आयोजित २२१ औँ नियमित गजल सन्ध्याका अवसरमा नगद ५ हजार सहित लामिछाने सम्मानित भएकी हुन् ।

यस्तै यस वर्षको मनमाया स्मृति गजल पुरस्कार निकेश रुम्बाले प्राप्त गरेका छन् । मकवानपुर जिल्लाका माध्यमिक तहका विद्यार्थीमाझ गजल प्रतियोगिताबाट उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने पुरस्कार यस वर्ष जनज्योति मावि, हेटौँडा १४ मा अध्ययनरत रुम्बाले प्राप्त गरेका हुन् ।

मञ्चका पूर्व अध्यक्ष दीपक गौतमले आफ्नी हजुरआमाको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी ५ हजार ५५५ रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*