चखेल-मातातीर्थ सडक डेढ महिना बन्द

मकवानपुर/हेटौँडा-काठमाडौँ जोड्ने छोटो दुरीको महालक्ष्मी–चखेल–मातातीर्थ मार्ग डेढ महिनाका लागि बन्द गरिएको छ । सडकको स्तरोन्नतिको काम भइरहेको भन्दै आइतबारदेखि सडक बन्द गरिएको हो ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ को कार्यालयले आगामी चैत २१ गतेसम्म उक्त सडक हुँदै आउने जाने सवारीसाधनको आवागमन बन्द रहने जनाएको छ । इन्द्रसरोवर गाउँपालिका-५ को महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडक अन्तर्गतको देउराली मातातीर्थ खण्डको सडकको मोडहरूमा सडक ढलानको काम गर्नुपर्ने भएकोले उक्त सडक बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका-५ का वडाध्यक्ष दुतराज तितुङले जानकारी दिए ।