प्रलेस बागमती अध्यक्षमा मकवानपुरकी शान्ति प्रियवन्दना

हेटौडा न्युज
१७ चैत्र २०८१, सोमबार २१:१५
;

मकवानपुर/प्रगतिशील लेखक सङ्घ (प्रलेस) बागमती प्रदेश अध्यक्षमा शान्ति प्रियवन्दना चयन भएकी छिन् । आइतबार काठमाडौंमा सम्पन्न तेस्रो अधिवेशनले नेपाल प्रज्ञा प्रतिष्ठान, काव्य विभाग सदस्य समेत रहेकी मकवानपुरकी प्रियवन्दनालाई अध्यक्ष चयन गरेको हो ।

अधिवेशनले प्रदेश उपाध्यक्षमा भीष्म जोशी र धनकुमारी न्यौपाने, सचिवमा डी.बी. बर्तौला, उपसचिवमा धनबहादुर मगर र कोषाध्यक्षमा चिरञ्जीवी लामिछानेलाई सर्वसम्मत गरेको छ ।

यस्तै, सदस्यहरूमा भवानी पाण्डे, किरण अर्याल, अर्पण अधिकारी, रघुनाथ कडरिया, भक्त विक, लक्ष्मण तिमिल्सेना, सुरेश हाचेकाली, रूपा अर्याल, टहल दाहाल, प्रदीप प्रधान र रत्न उप्रेती चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*