नारायणी संघमा मुख्यमन्त्री बानियाँ

मकवानपुर । यातायात व्यवसायीहरुको छाता संगठन नारायणी यातायात व्यवसायी संघले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बधाई कार्यक्रम गरेको छ । संघका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षतामा संघका सल्लाहकार समेत रहेका मुख्यमन्त्री बानियाँलाई बधाई कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा मुख्यमन्त्री बानियाँलाई यातायात क्षेत्रमा रहेका समस्या समाधानका लागि ध्यानाकर्षण समेत गराईएको थियो । संघका महासचिव सरोजकुमार खनालले सञ्चालन गरेको कार्यक्रममा संघका पदाधिकारी, कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मुख्यमन्त्री बानियाँले तत्कालिन नारायणी अञ्चलमा दर्ता भएका सवारीलाई प्रदेशमा स्थानान्तरको प्रयास जारी रहेको बताएका थिए । मुख्यमन्त्री बानियाँले सवारी करको विलम्ब शुल्क मिनाहा गरेकाले यसको फाईदा लिन यातायात व्यवसायीलाई आग्रह समेत गरेका थिए । हेटौंडा बजार भएर जाने पूर्वपश्चिम राजमार्गको विवादको समाधान, प्रदेशमा रहेका अन्य राजमार्गहरुको स्तरोन्नति लगायतका कार्य तत्काल गर्न लागिएको बताएका छन् ।