यातायात मजदूरका लागि नारायणी संघको प्रयास

यातायात मजदूरलाई सामाजिक सुरक्षामा कोष आवद्ध गराउने
हेटौडा न्युज
२७ श्रावण २०८२, सोमबार १४:५३
;

मकवानपुर । यातायात व्यवसायीहरुको छाता संगठन नारायणी यातायात व्यवसायी संघको आयोजनामा सामाजिक सुरक्षा कोष सम्बन्धि अन्तक्र्रिया गरेको छ । सामाजिक सुरक्षा कोषकी सहायक निर्देशक राधिका निरौलाले कोषमा आवद्धता भएकाहरुका लागि सरकारले दिने सेवा सुविधाका बारेमा जानकारी गराएकी थिईन् ।

सामाजिक सुरक्षा कोषमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरतहरु आवद्ध हुन सक्ने बताईएको छ । कोषले सरकारले तोकेको न्युनतम आधारभूत पारिश्रमिकको ३१ प्रतिशत योगदान गर्नुपर्ने र आवद्ध भएका व्यक्तिले स्वास्थ्य सेवा, ६० बर्ष उमेरपछि पेन्सन, आफ्नो शेषपछि परिवारको भरणपोषण, दुर्घटना उपचार, आवश्यकता अनुसारको ७५ लाख रुपैयासम्मको ऋणसापटी जस्ता सुविधाहरु पाउने अन्तक्र्रियामा जानकारी गराईएको थियो ।

संघमा आवद्ध भएका सवारी साधनका चालक, परिचालक, सहचालकहरुलाई कोषमा आवद्ध गराउनका लागि अन्तक्र्रिया कार्यक्रम गरेको हो । संघका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका पदाधिकारी, सवारी साधन धनी, यातायात कर्मचारी, मजदूरहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*